कक्षा १२ को परिक्षाको राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो यस्तो सुचना

243
Web Design Service

कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताएका छन् । उनले भने ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’

उनले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिए।

सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

करिब एक साता अघि बसेको बैठकमा कोरम नपुगे पनि अधिकांश सांसदले परीक्षा स्थगित गर्न नहुने धारणा राखेका थिए ।

त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।