कुवेतमा गै’रकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक प’क्राउ

37
Web Design Service

नेपाली श्रमिकको श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा भिसाको म्याद सकिएका तथा गै’रकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई प’क्राउ गरिएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न, देशमा कानून र व्यवस्था लागू गर्न त्यहाँको ब्निएद अल-गर क्षेत्रमा चलाएको अभियानमा आवासीय भिसाको म्याद सकिएर गै’रकानूनी रुपमा लु’कीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।

प’क्राउ परेका मध्ये ३७ जनाको भिसाको म्याद समाप्त भएको, ३ जना फरार सूचीमा रहेको, ५५ जना त्यहाँको कानून उ’ल्लंघन गरी बसेको अवस्थामा उनीहरुलाई प’क्राउ गरिएको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यी बाहेक एक व्यक्तिले आईडी कार्ड नबोकेकोमा गिर’फ्तार गरिएको जनाइएको छ । उनीहरुविरुद्ध आवश्यक कानूनी का’रबाही लागि सम्बन्धित अधिकारीहरु समक्ष बुझाइएको मन्त्रालयले जनाएको छ ।

कुवेतले विभिन्न समयमा गै’रकानूनी रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानूनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीममा पनि नफर्किएकाहरुविरुद्ध कडा कदम चल्दै गि’रफ्तार कार्य जारी राख्ने जनाएको छ ।

मन्त्रालयले कुवेती नागरिकलाई विदेशी नागरिक गै’रकानूनी रुपमा बसेको भए रिपोर्ट गर्न वा त्यस्ता कुनै व्यक्तिको बारेमा जानकारी भए सुरक्षा निकायलाई सहयोग गर्न समेत अपिल गरेको छ।

source:khabarhub