खरानी भयो झुम्काको सुबिधासम्पन्न ‘म्याजिक सिनेमा हल’, झन्डै २ करोडको क्षति (भिडियो सहित)

79
Web Design Service

प्रदेश १ को रामधुनी-भासी नगरपालिका अवस्थित झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आ’गलागी भएको छ । साईराम मार्केटमा रहेको हल आ’गलागीबाट पुर्णरुपमा क्षति भएको छ ।

चलचित्र निर्माता, निर्देशक तथा कलाकार समेत रहेका पर्शुराम चौधरिका अनुसार हलमा आ’गलागीबाट झन्डै २ करोडको क्षति भएको छ । चलचित्र प्रोजेक्सन गर्ने कन्ट्रोल रुमबाट बिजुली सट हुँदै सुरु भएको आगोले चौधरीको दुबै हातमा चोट समेत पुगेको छ । हलमा आज सनिवार बिहान ९ बजेबाट आ’गलागी सुरु भएको हाे ।

संचालक चौधरिका अनुसार अफिस रुममा बसेर एडिटिङको काम गर्दै गर्ने क्रममा इन्भर्टर एक्कासी निभ्यो र बाहिर निस्केर हेर्दा कन्ट्रोल रुमबाट आगो फैलिन सुरु गरिसकेको थियो ।

आफैले सो निभाउने क्रममा आ’गो आफुतिर आउदा हात जलेको हो । सो स्थानबाट केही पनि सामान निकाल्न नसकिएको उनले बताए । आ’गो नियन्त्रणभन्दा बाहिर गएपछि स्थानियबासी सहित इनरुवा, इटहरी, धरान, लौकही र बराहक्षेत्रको दमकलसहित नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा आ’गो नियन्त्रणमा ल्याईएको थियो ।

चलचित्र नगरी ठप्प हुदा म्याजिक सिनेमा हलपनी बिगत लामो समयदेखि बन्द थियो । तर, चौधरीले आफ्ना अफिसको दैनिकी काम सोही हलको अफिसबाट गर्दै आईरहेका थिए ।

के कारणले बिजुली सट भएर आ’गो लाग्यो, त्यसबारेमा आफू अन्योल रहेको डिथ्री अनलाइनलाई चौधरीले जानकारी गराए । को’रोनाले काम ठप्प हुदा इन्स्योरेन्सको रकम बुझाउन नसकेकोले हलको इन्स्योरेन्स पनि फेल भएको पी’डा उनले पोखे ।

झुम्कामा ३ ओटा हल छन् । २ ओटा हल धेरै पुराना तथा जिर्ण अवस्थामा पुगेको थियो भने ‘मनकामना हल’ बन्द भएको बर्षौ भयो ।  बाकी २ ओटा हलमा ‘किरण चलचित्र हल’ जेनतेन चलिरहेको बेला को’रोनाले सो हलको पनि अवस्था नाजुक बनाईदियो ।

झुम्काको सुबिधासम्पन्न हलको रुपमा रहेको ‘म्याजिक सिनेमा’ हलमा भने चलचित्र प्रदर्शनका बेला दर्शकको उपस्थिति राम्रै हुने गर्थ्यो । को’रोनाले यो हलको पनि अवस्था धरापमा पुर्याएको थियो । अहिले आ’गलागी पछि अब झुम्कामा सिनेमा हल नै लोप हुने अवस्थामा पुगेको छ ।

हेर्नुस् हलमा पुगेको क्ष’तिको स्थलगत भिडियो ।

Source:dthreeonline