खो प लिएको झुठो कार्ड बोक्ने युवती बिमानस्थलबाट प’क्राउ

277
Web Design Service

को’भिडविरुद्ध खो’प नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारे’न्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ ।

खो’प लगाएको प्रमाणिकरण गर्ने कार्डमा लेखिएका शब्दको ग’लत हिज्जेका का’रण उनी प्रहरीको फ’न्दामा परेकी हुन् । खो’प लगाएको झु’ठो कागजात बोकेको अभियोगमा शनिबार होनोलुलुस्थित ड्यानियल के. इनोयु अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वर्षीया क्लोए म्रोजाक नामक युवतीलाई प्रहरीले गि’रफ्तार गरेको हो ।

स्थानीय स्टेसन केएचओएन टेलिभिजनका अनुसार उनलाई २ हजार अमेरिकी डलर जमानतमा छाडिएको छ । २३ अगस्टमा हवाइमै पहिलोचोटि पुगेकी म्रोजाकको को’भिड १९ खो’पको कार्ड नक्कली हुनुपर्ने शं’का राज्य यात्रा सुरक्षा कार्यक्रम प्रशासकले गरेका थिए ।

ल एन्ड क्रा’इम डटकमका अनुसार इलिनोइस निवासी म्रोजाकको कार्डमा उनलाई डिलावरमा ‘सीपीएल वुल्फ’ र ‘एसएसजीटी मोन्टी’ नामक नेसनल गार्डस्का दुई सदस्यले खो’प लगाएको उल्लेख गरिएको छ ।

हवाइको सरकारी निकायले डिलावरका अधिकारीहरूसँग सोधखोज गर्दा म्रोजाक नामक कुनै पनि व्यक्तिलाई खोप दिएको अभिलेख फेला नपरेको पत्ता लागेको थियो ।

साथै सो कार्डमा मोडर्ना खो’पको हिज्जे ‘माडर्ना’ लेखिएको पाइएको छ । प्रारम्भिक शं’काका बाबजुद पनि उनलाई विमानस्थलबाट जान दिइएको थियो । तर, पछि खोजी गरिँदा प्रहरीले उनलाई उनले बुक गरेको होटेलमा भेटाउन सकेन । विशेष गु’प्तचर अधिकारी विलियम लाउले अन्ततः उनको फेसबुक ए’काउन्ट फेला पारे ।

आफूलाई मोडेल भनेर चिनाएकी उनको फोटो ग्यालरीको एउटा फोटोमा उनको बायाँ नितम्बमा ट्याटु खो’पिएको देखियो । सोही ट्याटुका आधारमा घर फर्कने तयारीमा रहेकी उनलाई होनालुलु एयरपोर्टको साउथवेस्ट एयरलायन्स काउन्टरमा प’क्राउ गरिएको थियो ।

उनले आफूले निजी डाक्टरबाट पैसा तिरेर खोप लिएको अर्को झुठ बोलिन् । किनभने अमेरिकामा को’भिड १९ खो’प निःशुल्क उपलब्ध हुन्छ ।

source:etajakhabar