मार्क बढाउन प्रति विद्यार्थीबाट रु ६ हजार रुपैयाँ लिए, मार्क नबढेपछि हेडमास्टरको घर घे’राउ

221
Web Design Service

प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक समुदायिक विद्यालयका विद्यार्थीहरुले हेडमास्टरको घर घे’राउ गरेका छन् ।

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित रहेको मावि ठाढीका हेडमास्टर र शिक्षकको टीमले एसईई दिने विद्यार्थीहरुसँग आन्तरिक मूल्याँकनमा अधिक नम्बर दिने भनेर प्रति विद्यार्थी रकम उठाएको आ’रोप लगाउँदै विद्यार्थीहरुले उनको घर घे’राउ गरेका छन् ।

शनिबार दिउँसो एसईईको रिजल्ट प्रकाशित भएपछि कम ग्रेड आएको भन्दै आ’क्रोसित विद्यार्थीहरुले आईतबार साँझ विद्यालयका हेडमास्टर ९ प्रधानाध्यापक० उमेश पाण्डेको घर घे’राउ गरेका छन् ।

रकम दिएको भन्दै विद्यार्थीहरुले सुरुमा विद्यालयको कार्यालयमा तालाबन्दी गर्दै साँझ हेडमास्टरको घर घे’राउ गर्न पुगेको नाम नखोल्ने शर्तमा एक जनाले जानकारी दिए । विद्यार्थीहरुले आफूहरुबाट प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिएको आ’रोप लगाएका छन् ।

विद्यालयका हेडमास्टर पाण्डे सहित उनका मातहतका पनि केही शिक्षकहरुले विद्यार्थीहरुबाट रकम उठाएको बताइएको छ । वि।सं। २०७७ सालको एसइई परीक्षाको लागि कोरोना भन्दै सरकारले आन्तरिक मूल्याँकन गरी नम्बर पठाउन निर्देशन दिएपछि आर्थिक चलखेल गरी नम्बर दिएको आ’रोप छ ।

को’रोनाको महा’मारी भन्दै सरकारले भौतिक रुपमा परीक्षार्थीहरुलाई उपस्थिति गराउनुपर्ने अवस्था नरहेको अवस्थामा विद्यालयहरुलाई आन्तरिक मूल्याँकन गरी अँक पठाउन पत्राचार गरिएको थियो ।

सोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आ’रोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ ।

यस बारे विद्यालयका हेडमास्टर उमेश पाण्डेसँग सम्पर्क गर्दा उनले फोन भने उठाएनन् ।

यो खबर newsbureau बाट लिएको हो ।