spot_img

यो वर्ष नवमीमा तलेजु भवानीको मन्दिर खुल्ने

spot_img
- Advertisement -
- Advertisement -

यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष दशैंको नवमीको दिनमात्र खुल्छ ।

तर गत वर्ष को’रोना सं’क्रम’णको जो’खिम बढी भएकाले बन्दै गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको ब’लिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।

- Advertisement -

सम्बन्धित पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा खबर

- Advertisment -spot_img