spot_img

रुबी खान थुनामुक्त, भनिन्-न्याय नपाएसम्म नेपालगन्ज फर्किदैनौं

spot_img
- Advertisement -
- Advertisement -

सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएकी महिला अधिकारकर्मी रुबी खानले आफू अझै पनि असुरक्षित रहेको बताएकी छन् ।

उनले सरकारले आन्दोलनलाई तितरबितर पार्नका लागि आफूमाथि झुटो मुद्दा लगाएको जिकिर गरिन् ।

‘ममाथि प्रहरीले झुटो मुद्दा लगायो । आन्दोलन रोक्नका लागि जालझेल गर्‍यो । ममाथि मुद्दा नै थिएन । जबरजस्ती मुद्दा लगाउने कोसिस गरिएको छ ।
मलाई अहिलेसम्म पक्राउ पुर्जीसमेत दिएको छैन,’ उनले भनिन्, ‘मलाई अझै पनि डर छ, अझै पनि प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । जति पटक पक्राउ गरे पनि मलाई केही छैन । हामीलाई न्याय पाउँछौं भन्ने आशा छ । हामी न्याय नलिईकन नेपालगन्ज फर्किदैनौं ।
’बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीको नेतृत्व गरेकी खानलाई जिल्ला प्रहरी कार्यालयको पत्रबमोजिम भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी गत २३ गते नेपालगन्ज पठाएको थियो ।
तर, सर्वोच्च अदालतले नै प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएपछि उनी बिहीबारै छुटेकी हुन् । अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदनमा दायर गरेकी थिइन् ।
त्यही रिटको सुनुवाइका क्रममा न्यायधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।
- Advertisement -

सम्बन्धित पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा खबर

- Advertisment -spot_img