संखुवासभामा एकै परिवारका ६ जनाको कस्ले लियो ज्यान ?

38
Web Design Service

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको ह’ ‘त्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको ह’ ‘त्या गरेको हो ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ज्या’न लि’एका हुन् ।

आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको ह’ ‘त्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।