spot_img

साेलुखुम्बुमा सुरु भयो दसैं

spot_img
- Advertisement -
- Advertisement -

हिमाली जिल्ला साेलुखुम्बुकाे नेचा सल्यान गाउँपालिका वडा नं.-३ नेचा गाउँमा यतिबेला दसैं लागिसकेको छ । देशभरि नै दसैंले छप्क्क छाेप्दा यहाँ दसैं नलाग्ने कुरै भएन ।

स्थानीय बासिन्दाले यतिखेर दसैंलाई चाहिने सम्पूर्ण चीजबीजकाे जाे गरिसकेका छन । घरहरूलाई राताे माटाेले पाेत्ने काम पूरा भएको छ । गाउँमा लिङ्गे पिङ लागिसकेको छ ।

 

 

टाढा टाढा गएका अाफ्न्त धेरै जसाे अाइसकेका छन भने काेहि काेहि अाउन मात्रै बाँकी छन नेचा गाउँका स्थानीय बासिन्दा सराेज कटेलले बताए ।

यति मात्रै हाेइन कटेलले थपे दसैं र तिहारकाे अागमनसँगै असारमा राेपेकाे काेदाे कतै पाक्न लाग्याे भने कतै फुलिरहेकाे छ । धान खेतमा धान झुलेकाे छ ।

धान खेतकाे अाली र काेदाेबारीकाे ढिलमा ढकमक सयपत्रि र मखमली फुलेर दसैं र तिहारलाई स्वागत गरिसकेका छन् ।

केरा बगैंचामा नै काेहि पाके , काेहि पाक्न लागेका छन । धेरै जसाे केरा बिक्री गरिसकिएकाे छ उनले कुरा थपे । केरा खेतीले यहाँका बासिन्दालाई राम्रो अाम्दानी समेत हुने गरेको छ ।

पर्यटकीय जिल्ला भएकाले गर्दा केराकाे माग उच्च छ । स्वदेशी तथा विदेशी पर्यटनहरूले यहाँ केरा खान र किन्न रूचाउने भएकाले दसैंमा मात्रै हाेइन जुनसुकै बेला पनि यहाँ केरा महँगो मूल्यमा बिक्री हुने गरेकाले धेरै जस्तो स्थानीय बासिन्दा केरा खेतीमा लागेका उनले बताए ।

- Advertisement -

सम्बन्धित पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा खबर

- Advertisment -spot_img