spot_img

स्वर्गकाे टुक्रा मैयुङ पदमार्ग

spot_img
- Advertisement -
- Advertisement -

नेपाल सरकारले घाेषणा गरेकाे घुम्नैपर्ने उत्कृष्ट पदमार्ग मध्येको याे मैयुङ पदमार्ग प्रमुख स्थानमा पर्दछ । याे पदमार्गलाई पछिल्लो समय स्वर्गकाे एक टुक्राका रूपमा हेर्ने गरिन्छ । याे स्थानले जुनसुकै मान्छेको मन पनि सजिलै लाेभ्याउने गर्दछ ।

मैयुङ पदमार्ग प्रदेश नम्बर – १ काे काेशी अञ्चल अन्तर्गत भाेजपुर जिल्लाकाे टेम्के मैयुङ गाउँपालिकामा अवस्थित रहेको छ । याे पदमार्ग समुन्द्र सतहदेखि ३३३३ मिटर उचाईमा अवस्थित रहेकाे छ ।

याे पदमार्ग भाेजपुर र खाेटाङकाे सिमाना चखेवा भञ्ज्याङ देखि सुरु भएर छिनामुखु ,मेरूङ डाँडा , हाँसपाेखरी, मैयुङ डाँडा , लाैरी डाँडा , रावाधाप , साल्पा सिलिङचुन ,सुन्तले हुँदै भाेजपुर सदरमुकामसम्म १०० किलोमिटर दूरी रहेको छ । याे पदमार्ग १३ दिनमा पार गर्न सकिन्छ ।

यश क्षेत्रमा अान्तरिक र बाहिरिय पर्यटकका लागि हाेमस्टेकाे समेत राम्रो व्यवस्था रहेको छ । याे पदमार्ग गणतन्त्र नेपालकाे पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारी र प्रदेश नम्बर -१ काे पहिलाे मुख्य मन्त्री शेरधन राईकाे गृह जिल्लामा पर्दछ ।

मैयुङ पदमार्ग कसरी पुग्न सकिन्छ ?

उडेर जाने हाे भने काठमाडौं र विराटनगर देखि हवाईजहाजमा चढेपछि भाेजपुर सदरमुकामसम्म पुगिन्छ । त्यहाँबाट पैदल हिँडेपछि मैयुङ पुग्न सकिन्छ ।

गुडेर जाने हाे भने काठमाडौंबाट , इटहरी , धरान , धनकुटा हुँदै भाेजपुर सदरमुकामसम्म पुगिन्छ । त्यसपछि पैदल यात्राकाे सुरुवात गर्नुपर्छ ।

विराटनगरबाट कुरा गर्नुपर्दा भाेजपुरकाे गाडी चढेपछि सदरमुकाम भाेजपुरसम्म पुग्न सकिन्छ वा पैदल जाने हाे भने विराटनगर , इटहरी , चतरा त्यसपछि पानीजहाजमा चढेर धनकुटा र भाेजपुरकाे सिमाना सिम्लेसम्म पुगिन्छ त्यसपछि हतुवागढी , रामप्रसाद राई गाँउपालिका हुँदै भाेजपुर सदरमुकाम पुग्न सकिन्छ । त्यसपछिकाे पैदल यात्रासँगै मैलुङ पुगिन्छ ।

याे पदमार्ग स्थापना गर्नुका प्रमुख उदेश्य ?

किराँत धर्म ,संस्कृति ,भाषा ,लाेक साहित्य , किराँत दर्शन अादिकाे संरक्षण गर्ने , भाेजपुर , साेलुखुम्बु र खाेटाङ जिल्लामा पर्यटन प्रवर्द्धन गर्दै देश तथा विदेशमा याे क्षेत्रलाई चिनाउने उदेश्यले याे पदमार्गकाे सुरुवात गरिएको हाे ।

याे पदमार्गमा के – के पाइन्छन ?

मनै लाेभियाउने हरियाली दृश्य , ठूल ठूला घाँसे मैदान , फराकिला चाैरीखर्क , लालीगुराँस , चाँप , सिमल अादिका बाेटविरूवा अमूल्य दुर्लभ जडिबुटी , अादि पाइन्छन । बाटामा हाँसकाे अाकारमा रहेकाे हाँस पाेखरीकाे दृश्यले सबैको मन अझ छुने गर्दछ ।

याे पदमार्गबाट के – के देख्न सकिन्छ ?

याे पदमार्गबाट ८ हजार भन्दा माथिका ६ अाेटा हिमालकाे अवलोकन गर्न सकिन्छ । यहाँबाट पहाडी क्षेत्र र तराईका अधिकांश जिल्लाहरू अाँखै अगाडि देख्न सकिन्छ ।


याे स्थानबाट पिखुवा उपत्यका विश्वकै हाेचाे उपत्यका अरूण उपत्यकाकाे समेत सजिलै अवलोकन गर्न सकिन्छ ।

- Advertisement -

सम्बन्धित पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा खबर

- Advertisment -spot_img